२०८३ बैशाख १९ गते , शनिबार
रोङमा १५० जनालाई जग्गा धनी पुर्जा वितरण गरिँदै
बिर्तामोड । इलामको रोङ गाउँपालिकाले अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गर्न लागेको छ । पहिलो चरणमा १५० जनालाई जग्गा धनी पुर्जा वितरण गर्न लागिएको हो।
रोङ गाउँपालिकाले जेठ ६ गते निर्णय गर्दै जग्गाधनीहरूलाई १५ दिनभित्र राजस्व बैंक दाखिला गरी धनी पुर्जा लिन सूचना जारी गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबो (सुबास)ले जानकारी दिए ।
मेहेनत साथ गरेको कामको परिणाम आउँदा खुसी लागेको भन्दै अध्यक्ष स्याङबोले भुमि समस्या समाधान आयोग जिल्ला समिति इलाम, सम्पूर्ण राजनीतिक दलहरू, स्थानीयवासीहरू र कर्मचारीलाई धन्यवाद दिएका छन्।
जग्गा प्राप्त गर्ने धनीहरुको नाम हेर्न यो लिंकमा क्लिक गर्नुहोस ।