२०८३ बैशाख १९ गते , शनिबार

झापामा जङ्गली हात्ती मृत फेला

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ७ गते , बुधबार
झापामा जङ्गली हात्ती मृत फेला

बिर्तामोड । झापाको बुद्धशान्तिमा एउटा जंगली भाले हात्ती मृत फेला परेको छ । बुधबार दिउँसो अन्दाजी १ बजे बुद्धशान्ति-५ स्थित पाँचपोखरी सामुदायिक वनमा मृत हात्ती फेला परेको हो ।
उक्त हात्ती लामो समयदेखि बिरामी रहेको प्रहरीले जनाएको छ। डिभिजन वन कार्यालय भद्रपुरले घटनाको मुचुल्का तयार गरी मृत हात्ती गाडेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार