२०८३ बैशाख १९ गते , शनिबार

झापाका प्रहरी प्रवक्ता खड्का सवार गाडी र सांसद सवार गाडी ठोक्कियो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ५ गते , सोमबार
झापाका प्रहरी प्रवक्ता खड्का सवार गाडी र सांसद सवार गाडी ठोक्कियो

बिर्तामोड कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको पूर्व आउँदै गरेको बा ३५२० नम्बरको रातो कार विराटनगर जाँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कार आपसमा ठोक्किएर दुर्घटना भएको हो

कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ विद्या चाम्लिङ सवार थिए उनीहरु प्रदेशसभाको बैठकमा सहभागी हुन जाँदै गरेको बुझिएको

सांसदहरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्का थिए भने सांसद सवार कारका चालक झापा दमक नगरपालिका का ४० वर्षीया भेषराज श्रेष्ठ रहेको मोरङ प्रहरीले जनाएको दुर्घटनाका कारण कुनै पनि मानवीय क्षति भने भएको छैन

सांसद मैया श्रेष्ठ लावतीले आफूहरूलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताइन्   उनले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौँ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो हामी सकुशल छौँ

सांसद मैया श्रेष्ठ लावती नेपाली काँग्रेसकी सांसद हुन यस्तै राधाकृष्ण खनाल एमालेका सांसद हुन् उनी झापा क्षेत्र नं. ४ (१) बाट निर्वाचित भएका हुन् नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद हुन् सांसद बिध्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार