जबर्जस्ती करणी र चोरी मुद्धामा फरार राई एक दशकपछि पक्राउ
बिर्तामोड । जबर्जस्ती करणी र चोरी मुद्धामा एक दशकदेखि फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मेचीनगर वडा नम्बर ११ का ३२ बर्षीय प्रदिप राईलाई शुक्रबार पक्राउ गरी आइतबार अदालतमा उपस्थित गराएको हो ।
तत्कालिन पुनरावेदन अदालत इलामको मिति २०७२ असार १६ गतेको फैसला अनुसार जबरजस्ती करणी र चोरी मुद्दामा राईलाई १० बर्ष कैद तथा पीडितलाई एक लाख रुपौया क्षतिपुर्ति भराउने फैसला भएपनि राई फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा पाचथरको फिदिमबाट पक्राउ गरी फैसला कार्यान्वयनको निमित्त आइतबार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाईएको छ जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।