२०८३ बैशाख १९ गते , शनिबार

भीम रावललाई प्रचण्डको प्रस्ताव– आउनुस, सहकार्य गरौँ

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३ गते , शनिबार
भीम रावललाई प्रचण्डको प्रस्ताव– आउनुस, सहकार्य गरौँ

बिर्तामोड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावललाई सहकार्यको प्रस्ताव राखेका छन्

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा पुगेर प्रचण्डले रावलसँग फोन संवाद भएको पनि बताए

अछाम नेता रावलको गृहजिल्ला हो त्यहाँ पुगेर प्रचण्डले भने, ‘ यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं कोकोसँग कुरा गरिराख्नुभएको भनेको छु

उनले भीम रावलसहित इमानदार कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्ने बताए

प्रचण्डले भने, ‘मैले यहाँबाट पनि भीम रावलसहित देशभक्त इमानदार कम्युनिष्टहरुलाई सहकार्य गर्न अपिल गर्न चाहन्छु, अन्त भौतारिरहनु जरुरी छैन केही फाइदा हुनेवाला छैन भीमजीप्रति मैले संवादसहित यो अपिल गर्न चाहन्छु

सम्बन्धित समाचार