२०८३ बैशाख १९ गते , शनिबार

फोन संवाद संयोग हो, माओवादीसँग गठबन्धनको सम्भावना छैन : कांग्रेस

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३ गते , शनिबार
फोन संवाद संयोग हो, माओवादीसँग गठबन्धनको सम्भावना छैन : कांग्रेस

झापा सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेको

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धनको कुनै सम्भावना नभएको बताएका हुन्

माओवादीसँग गठबन्धन गरेर जाने भन्ने छैन सरकार परिवर्तनको कुरौ सोच योजना छैन,’ उनले भने गभर्नर, बजेट लगायतका विषयमा सांसदहरूले चासो राखेको उनले बताए

गभर्नरको विषय पनि उठ्यो बजेट कसरी वितरण हुन्छ सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुरा पनि अयाो सन्तुलित विकास हेरेर बजेट बन्नुपर्यो भन्ने आयो,’ उनले भने

त्यस्तै, संसद् भवन परिसरमै पार्टी प्रवक्ता समेत रहेका सांसद प्रकाशशरण महतलाई सञ्चारकर्मीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टेलिफोन संवादबारे सञ्चारकर्मीले प्रश्न गरेका थिए

जवाफमा उनले भनेका छन्, ‘संयोग मात्रै हो शेरबहादुरजीकै जिल्लामा गएको बेलामा गरौं भन्ने लागेको मात्रै होला पहिला ओलीजीले गर्नुभएको थियो मलाई पनि गरौं भन्ने लागेको होला

उनले उपमहासचिव जनार्दन शर्मा सभापति देउवाबीच भएको भेटवार्तापनि संयोग भएको बताए

जनार्दनसँग भेट्नुमा कुनै नाता जोडिएको छैन,’ उनले भने

उनका अनुसार, आजको बैठकमा गभर्नर नियुक्ति, बजेट वितरण, सन्तुलित विकास, कांग्रेसको सरकारमा पोजिसन लगायतका विविध विषयमा छलफल भएको थियो

उनले आफ्नो दलका कुराहरू यथेष्ठ सुनिएनन् भनेर सांसदहरूले उठाएका विषयहरू स्वभाविक रहेको पनि बताए

हाम्रा कुराहरू यथेष्ट सुनिएन कि भन्नु स्वभाविक हो,’ महतले भनेका छन्

सम्बन्धित समाचार