२०८३ बैशाख १९ गते , शनिबार

नारी सञ्चार गृहलाई भद्रपुरेको सहयोग

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २ गते , शुक्रबार
नारी सञ्चार गृहलाई भद्रपुरेको सहयोग

बिर्तामोड । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग जुटेको छ ।
रोटरी क्लब अफ बिर्तामोड, अग्रसेन भवन बिर्तामोडका अध्यक्ष तथा उद्योगी सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले आज गृहले स्थापना गरेको कोषलाई नगद २१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।
आज भएको सहयोग हस्तान्तरण कार्यक्रममा नारी सञ्चार गृह झापा अध्यक्ष रेजिना गौतम, सहसचिव तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक जोश्ना श्रेष्ठ, सदस्य दिपा सापकोटा, सदस्य तथा नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष विनिशा शर्मा सहभागी थिए ।
यसैबीच, कोषमा ५० लाख २१ हजार रुपैयाँ पुगिसकेको छ भने हालै सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले एक लाख रुपैयाँ पुनः थप गरिदिने प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित समाचार