२०८३ बैशाख १९ गते , शनिबार

निजामती कर्मचारी विधेयक पारित, अब ३९ बर्षसम्मका मात्र महिलाले सेवा प्रवेश पाउने

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २ गते , शुक्रबार
निजामती कर्मचारी विधेयक पारित, अब ३९ बर्षसम्मका मात्र महिलाले सेवा प्रवेश पाउने

बिर्तामोड संघीय निजामती सेवाको गठन, सञ्चालन सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विवादित दुई विषय कुलिङ पिरियड कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा सहमति जुटेपछि शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन्

धेरै विवादका बिच सहमति जुटाउँदै समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको हो २०८० साल फागुन २१ प्रतिनिधिसभामा दर्ता भएको विधेयकलाई सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि २०८१ जेठ १५ गते राज्य व्यवस्था समितिमा पठाएको थियो

विधेयकमा सांसदहरूले १२४ समूहमा एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए संशोधन प्रस्ताव समेतलाई एकै ठाउँमा राखेर दफावार छलफल गरेर संसदीय समितिले विधेयक आज सर्वसम्मतिले पारित गरेको हो

समितिले संघीय निजामती सेवाको, सञ्चालन सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा कांग्रेस सांसद दीलेन्द्र प्रसाद बडूको संयोजकत्वमा उपसमिति बनाएर विवाद समाधानको प्रयास गरेको थियो विवादका अधिकांश विषयमा बडू नेतृत्वको उपसमितिले सहमति जुटाएको थियो उपसमितिले जुटाउन नसकेको सहमति शीर्ष तहसँग कुरा गरेर फेरि समितिले जुटाएर विधेयक सर्वसम्मतिले पारित गरिएको हो

यो विधेयक संघीयता कार्यान्वयनका लागि आवश्यक पहिलो कानुन हुनेछ विधेयकमा निजामती सेवा ऐन २०४९ मा भन्दा १० वटा नयाँ व्यवस्था गरिएको

सेवा प्रवेशमा महिलाको उमेर एक वर्ष घट्यो

निजामती सेवा ऐन २०४९ को दफा १० मा पुरुष उम्मेदवारको हकमा पैँतीस वर्ष महिला उम्मेदवारको हकमा ४० वर्ष पूरा नहुँदासम्म सेवा प्रवेशका लागि परीक्षा दिन पाइने व्यवस्था थियो आज समितिले पास गरेको विधेयकमा महिलाको सेवा प्रवेशका लागि परीक्षा दिन पाउने उमेर एक वर्ष घटाइएको यो विधेयक कानुन भएपछि महिलाहरूले ३९ वर्ष पूरा हुँदासम्म मात्रै सेवा प्रवेशका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्

सम्बन्धित समाचार