२०८३ बैशाख १९ गते , शनिबार

घेराबारी स्वास्थ्य चौकी इञ्चार्ज जागिरबाट हटाइए

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ३१ गते , बुधबार
घेराबारी स्वास्थ्य चौकी इञ्चार्ज जागिरबाट हटाइए

बिर्तामोड प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न देखिएको भन्दै कचनकवल गाउँपालिकाले एक जना हेल्थ असिस्टेन्टलाई जागिरबाट हटाएको गाउँपालिकाले घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशीको सेवा करार सम्झौता भंग गर्दै जागिरबाट हटाएको हो

हेल्थ असिस्टेन्ट राजवंशीले बाह्रदशी गाउँपालिका फूलबारीस्थित विक्रम विकास मेडिकलसँग जोडिएर प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएपछि उनलाई जागिरबाट हटाएको प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले जानकारी दिए  

राजवंशीले २०७९ सालदेखि मेडिकल सञ्चालन गर्दै आएपनि औषधि व्यवस्था विभाग विराटनगरको अनुगमन टोलीले वैशाख २५ गते स्थलगत निरीक्षण गर्दा उनी त्यहाँ उपस्थित थिएनन्   

त्यसपछि विभागले कचनकवल गाउँपालिका स्वास्थ्य शाखालाई टेलिफोनमार्फत राजवंशीको विवरण माग गरेका थिए गाउँपालिकाले सोही दिन फार्मेसीको दर्ता सञ्चालनसम्बन्धी कागजात पेस गर्न पत्राचार गरेपनि वैशाख २८ गतेसम्म पनि राजवंशीले स्पष्टीकरणसहित कुनै कागजात पेस नगरेको गाउँपालिकाले जनाएको

प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएकाले उनको सेवा करार सम्झौता भंग गरेको गाउँपालिकाले जनाएको  

विक्रम विकास मेडिकलबाट प्रहरी निरीक्षक विजय चौहानको  टोलीले प्रतिबन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधीहरू एन्टीकोफ ४७० ट्याब्लेट डिक्लोमिन ३९८० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको  

अनुगमनको क्रममा मेडिकलमा बस्दै आएकी राजवंशीकी श्रमिती ३९ वर्षीया वन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो   

सम्बन्धित समाचार