२०८३ बैशाख १९ गते , शनिबार
विवाहमा नाचगान गर्दा गर्दै दुई महिलाको मृत्यु
बिर्तामोड । मोरङको रतुवामाईमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार राति रतुवामाई नगरपालिका–३, मिर्चा डाँगी टोलमा विवाहको नाचगानका क्रममा ७० वर्षीया रामुदेवी गनगाई र ७३ वर्षीया सूर्यदेवी गनगाईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा नीरजकुमारको विवाहमा नाचगान चलिरहँदा तीन जनालाई करेन्ट लागेको थियो । तीमध्ये दुई जनाको मृत्यु भएको छ। स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।
उनको रंगेली अस्पतालमा उपचार गरिएको मोरङका डिएसपी वेदप्रकाश जोशीले बताए । उनले भने, ‘विवाहको माइक हावाले ढालेर हाइटेन्सन लाइनमा ठोक्किँदा करेन्ट प्रवाह भई तीन जना घाइते भएका थिए ।’