२०८३ बैशाख १९ गते , शनिबार

पटक-पटक लाइन गएपछि विद्युत प्राधिकरणका कर्मचारीको मध्यरातमा मापसे जाँच

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ३० गते , मंगलबार
पटक-पटक लाइन गएपछि विद्युत प्राधिकरणका कर्मचारीको मध्यरातमा मापसे जाँच

बिर्तामोड । नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन परीक्षण गरिएको छ । पटक पटक बिजुली गएपछि यहाँका कर्मचारीको मापसे चेक गरिएको हो । 
विजुली काटिएपछि स्थानीय र पर्यटन व्यवसायीले प्रहरीमा उजुरी गरेका थिए । स्थानीयकै आग्रहमा मापसे चेक गरिएको इलाका ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज बेदनाथ भण्डारीले जानकारी दिए । 
तर उनीहरुले मादक पदार्थ सेवन गरेको नभेटिएको उनले बताए । 'नागरिकको निकै धेरै गुनासो आयो, हामीले चेक गर्यौं । तर मापसे गरेको भेटिएन,' उनले भने, 'नागरिकसँग राम्रो व्यवहार नगरेपछि मापसे गरेको शङ्का लागेर हामीलाई चेक गर्न आग्रह गरेपछि चेक गरेका हौँ ।'

सम्बन्धित समाचार