२०८३ बैशाख १९ गते , शनिबार

वैदेशिक रोजगार व्यवसायीले लिए सपथ

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २९ गते , सोमबार
वैदेशिक रोजगार व्यवसायीले लिए सपथ

बिर्तामोड । वैदेशिक रोजगार व्यवसायी संघ झापाका नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन् । आज आयोजित एक कार्यक्रमका बीच उनीहरूले शपथ ग्रहण गरेका हुन् ।
निर्वाचन समिति संयोजक गोपाल लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए ।
निर्वाचन समिति संयोजक लामिछानेले नयाँ समितिलाई बधाई तथा शुभकामना दिएका थिए । यता कार्य समितिको तर्फबाट निर्वाचन समितिका संयोजक लामिछानेसहित सदस्यहरु एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेललाई सम्मानपत्र प्रदान गरेको थियो ।
नयाँ समितिको तर्फबाट अध्यक्ष धनबहादुर पङधाकले प्रतिबद्धता मन्तब्य राखेका थिए ।
पङधाकको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई निवर्तमान उपाध्यक्ष अजयकुमार देवले स्वागत गरेका थिए भने निवर्तमान सचिव सीपी पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।
संघको पहिलो अधिवेशन अन्तर्गत शनिबार निर्वाचन सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार