२०८३ बैशाख १९ गते , शनिबार

माइपोखरीमा छाडियो ४० हजार माछाका भुरा

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २९ गते , सोमबार
माइपोखरीमा छाडियो ४० हजार माछाका भुरा

बिर्तामोड । इलामको सन्दकपुर गाउँपालिका १ स्थित धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा ४० हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक तथा सार्वजनिक जलाशयहरुमा माछाको भुरा छोड्ने कार्यक्रम अन्तर्गत आइतबार ती भुरा छाडिएका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले ती माछाका भुराहरु छाडेको कार्यालय प्रमुख डा. राघबेन्द्र तिवारीले जानकारी दिए । कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, प्राविधिक बेदनिधी दुलाल, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार