२०८२ जेष्ठ ३२ गते , शनिबार

सत्ताको संरक्षणमा पक्राउ पुर्जी जारी भएका एमाले सांसद पन्थी

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २९ गते , सोमबार
सत्ताको संरक्षणमा पक्राउ पुर्जी जारी भएका एमाले सांसद पन्थी

बिर्तामोड एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित छन्

पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी आज बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् तर, प्रहरीको नजर परेको छैन

एक वर्षयता उनीविरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै

जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको तर, राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन्

पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो

सम्बन्धित समाचार