२०८३ बैशाख १९ गते , शनिबार

वैरो व्यवसायी संघ झापाको नयाँ समिति चयन

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २७ गते , शनिबार
वैरो व्यवसायी संघ झापाको नयाँ समिति चयन

बिर्तामोड । वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति चयन भएको छ । पहिलो अधिवेशनमार्फत आज नयाँ कार्यसमिति चयन भएको हो ।
अध्यक्षमा तदर्थ समितिका अध्यक्ष धन बहादुर पङ्गधाक र सहसचिवमा सरिता बराल निर्विरोध चयन भएका थिए भने बाँकी पदमा निर्वाचन भएको थियो ।
आज साँझ सम्पन्न मत परिणाम अनुसार प्रथम उपाध्यक्षमा राजन सिलवाल विजयी भए । उनले ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी अजय देवले ८ र नारायण कोइरालाले २९ मत प्राप्त गरेका थिए ।
त्यस्तै, द्वितीय उपाध्यक्षमा प्रकाश राई ४७ मतका साथ विजयी भए । कर्णबहादुर पौडेल र अञ्जु लामिछानेले समान १७/१७ मत प्राप्त गरे ।
सचिवमा निरकुमार खत्री ५६ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्वन्दी चन्द्रप्रसाद पाठक (सीपी)ले २१ र गौरीमान राईले २५ मतमात्र प्राप्त गरे । कोषाध्यक्षमा ७४ मातसहित कृष्ण खतिवडा विजयी भए । कुमार लिम्बूले ७ र विनोदकुमार राईले १९ मत पाए ।
सदस्यहरुमा पुष्पराज प्रसाईं (८२), टंक सिटौला (७६), ओमप्रकाश भट्टराई (७२), देवेन्द्रप्रसाद प्रसाईं (७१), राजेन्द्र पौडेल (६७), प्रेमबहादुर निरौला (६३), कृष्णमाया तामाङ (कुसुम) (६१), लुमनकुमारी निरौला (५२) मतसहित विजयी भए । दुर्गादेवी लिम्बू र हितेश अग्रवालले बराबर ४६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
आज सम्पन्न मतदानमा १०३ मत खसेको थियो । संघमा १०७ जना मतदाता रहेका थिए ।

सम्बन्धित समाचार