२०८३ बैशाख १९ गते , शनिबार

के हुन् पूर्व मेयर शिवाकोटीलाई धरौटीमा छाड्न अदालतले लिएका आधारहरु ?

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २७ गते , शनिबार
के हुन् पूर्व मेयर शिवाकोटीलाई धरौटीमा छाड्न अदालतले लिएका आधारहरु ?

बिर्तामोड बालिका बलात्कार मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई चार वटा आधारलाई लिएर धरौटीमा छाड्न उच्च अदालत विराटनगर इलाम इजलासले आदेश दिएको पाइएको जिल्ला अदालत झापाको २०८१ पुष २२ गतेको पुर्पक्षमा राख्ने फैसलालाई उल्ट्याउँदै धरौटीमा छाड्न उच्च अदालतका न्यायाधिसद्वय किरणकुमार पोखरेल रेखा थापा पाण्डेको संयुक्त इजलासले ती चार आधारहरुलाई प्रमुख मानेर आदेश दिएको पाइएको हो  

आफन्तविहीन बालिकालाई पालनपोषण गर्ने भन्दै आफ्नै घरमा राखेका शिवाकोटीले विगत बर्षदेखि जबर्जस्ती करणी गर्ने गरेको भन्दै २०८१ मंसिर २४ गते उजुरी परेको थियो पिडित बालिका शिवाकोटीले दिएको शारीरिक यातना सहन नसकि कलेज जाने बाहनामा आफन्त भेट्न भारत जाँदै गर्दा काँकरभिट्टाबाट आफन्त नेपाल नामक संस्थाले उद्वार गरेपछि घटना बाहिरिएको थियो

उजुरी परेको दिन नै पक्राउ परेका शिवाकोटी स्वास्थ्यको कारण देखाउँदै हिरासत छल्न बिएण्डसी अस्पतालको क्याबिनमा बस्दै आएका थिए पुर्पक्षका लागि अदालतले थुनामा राख्ने आदेश दिएपनि उपचारका लागि भन्दै पाँच महिनादेखि अस्पतालमा बस्दै आएका शिवाकोटीलाई उच्च अदालतले धरौटीमा रिहा गर्न वैशाख २४ गते आदेश दिएको थियो अदालतको आदेशपछि शिवाकोटी भोलि आइतबार रिहा हुँदैछन्

पुर्पक्षमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाले दिएको आदेश विरुद्ध बेरितको आदेश बदर गरिपाउँ भन्दै २०८१ माघ २० गते शिवाकोटी उच्च अदालत गएका थिए शिवाकोटीको पक्षमा फैसला गर्न अदालतले लिएका आधारहरु यस्ता छन् : 

उजुरीमा विगत बर्षदेखि जबरजस्ती करणी गर्दै आएको भन्ने पीडितकी हजुरआमाको किटानी जाहेरी भएपनि जाहेरी पर्नुभन्दा अगावै पीडितको हजरआमासँग पटक पटक फोन सम्पर्क भेट भएपनि सो तथ्य नभनेको, आफन्त नेपाल नामक संस्थाको सम्पर्कमा पीडित आएपछि मात्र सो तथ्य खुलेको

२०८१ मंसिर १५ गते जबर्जस्ती करणीको वारदात भएको भनि उजुरीमा उल्लेख गरेको तर सो को भोलिपल्ट २०८१ मंसिर १६ गते पीडित प्रतिवादीकै संरक्षणमा बसी प्रतिवादीले सातवर्ष देखि सहयोग गर्दै आएको निज प्रतिवादीकै कारण भविष्य उज्वल भएको भनी बिर्तामोड नगरपालिकामा स्वयम् पिडितले निवेदन दिएको 

विगत तीन वर्षदेखी प्रतिवादीले जवरजस्ती करणी भएको भनिएकोमा प्रतिवादीकै घरमा बसी पीडितसँगै एउटै कोठामा सुत्ने आफ्नो साथीहरु बसन्ती हास्दा मञ्जली हाँस्दालाई सो तथ्य कहिले पनि खुलाएको देखिन नआएको

पीडितको मौकाको स्वास्थ्य परिक्षण गर्ने विशेषज्ञको रायमा History and Examination doesnot exactly match भन्ने उल्लेख भएको

यता पीडित बालिकाका आफन्तहरुले जबर्जस्ती करणीजस्तो जघन्य अपराधमा संलग्नलाई पहुँचको भरमा छाड्न लागिएको भन्दै आपत्ति जनाएका छन् पीडकलाई थुनामुक्त गर्दा आफुहरुलाई जोखिम हुने उनीहरुको भनाई उनीहरुले उच्च अदालतको फैसलाको विरुद्ध सर्वोच्च जाने बताएका छन्

यस्तो फैसला

 

 

सम्बन्धित समाचार