२०८३ बैशाख १९ गते , शनिबार

कानुन दिवसमा सरसफाई कार्यक्रम

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २६ गते , शुक्रबार
कानुन दिवसमा सरसफाई कार्यक्रम

बिर्तामोड । झापा जिल्ला अदालतले ७३औ कानुन दिवस सरसफाई तथा  शुभकामना आदानप्रदान गरी सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै न्यायाधीश प्रकाशकुमार अधिकारीले न्यायालयबाट छिटो छरितो, सरल र सहज न्यायको लागि अदालतले रणनीतिक लक्ष्यका साथ काम गरिरहेको बताए ।
विसं. २००८ मा प्रधान न्यायालय ऐन जारी भई २००९ वैशाख २६ गते लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको हो । नेपालको स्वतन्त्र न्यायपालिकाको जग बसाउने दिन समेतको रुपमा यो दिनलाई स्मरण गरिन्छ ।
यस दिन नेपालको तीनै तहका अदालतहरू (जिल्ला, उच्च र सर्वोच्च) मा सार्वजनिक बिदा दिई अदालतहरु तथा न्यायालयसँग सम्बन्धी संस्थाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिएकोले यस बर्ष सरसफाई कार्यक्रम गरिएको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।
अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यायाधीशहरु महेन्द्र प्रसाद पोखरेल, तेजबहादुर खड्का, ऋतबहादुर पुलामी मगर, श्रेस्तेदार किरणकुमार सिह लगायत जिल्ला न्यायाधिवक्ता, बार पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता एवं अदालतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार