२०८३ बैशाख १९ गते , शनिबार

सरकारलाई गभर्नर नियुक्ति गर्नै सकस

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २३ गते , मंगलबार
सरकारलाई गभर्नर नियुक्ति गर्नै सकस

झापा गभर्नरको पद रिक्त भएको एक महिनासम्मपनि सरकार नयाँ गभर्नर नियुक्ति गर्न असक्षम बनेको राष्ट्र बैंकको गभर्नरजस्तो संवेदनशील पदलाई सत्तारुढ दुई दलले राजनीतिक दाउपेचको विषय बनाएकै कारण नयाँ गभर्नर नियुक्तिमा ढिलाई भएको हो

आउँदो जेठ १५ मा सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था यसमा वित्तीय क्षेत्रको स्थायित्व तथा मौद्रिक नीति निर्माण कार्यान्वयन सम्बन्धमा सल्लाह दिन नेपाल राष्ट्र बैंक गभर्नरको भूमिका अहम् हुन्छ नेपाल एफएटीएफकोग्रे लिस्टमा धेरैजसो बैंकको खराब कर्जाले निर्देशित सीमा नाघेको तर पनि गभर्नर नियुक्ति गरेर वित्तीय क्षेत्रको समस्या समाधान गर्न सरकारलाई सकस परिरहेको

पदावधि सकिनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था तर सरकारले गभर्नर पद खाली भएको एक महिनासम्म पनि नयाँ नियुक्त गर्न नसक्दा सर्वत्र चिन्ता चासो बढेको प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धनका सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवा आपसी सहमतिमा विश्वस्त हुन नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समिति पनि शीर्ष दुई नेताको अविश्वासले बन्धक बनेको

गत चैत २४ मा महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंक कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाको नेतृत्वमा त्यसअघि चैत ११ मा गठन भएको सिफारिस समितिको बैठक एक महिनासम्म नबसेपछि पूर्व गभर्नरसमेत रहेका विजयनाथ भट्टराईले राजीनामा दिइसकेका छन् रिक्त पदमा निवर्तमान गभर्नर अधिकारीलाई नियुक्त गरिएपछि समितिको बैठक एक पटक मात्र बसेको तर, निर्णायक छलफल गर्नुको सट्टा समितिले शीर्ष नेताकै निर्णय पर्खिरहेको

गत शनिबार, आइतबार सोमबार पनि प्रधानमन्त्री ओली कांग्रेस सभापति देउवाबीच बालुवाटारमा गभर्नर आगामी वर्षको बजेटका विषयमा छलफल भएको थियो शनिबारको बैठकमा अर्थमन्त्री पौडेल, परराष्ट्रमन्त्री आरजु राणा गृहमन्त्री रमेश लेखक पनि थिएकांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग गभर्नर नियुक्तिबारे जिज्ञासा राख्नुभएको थियो जवाफमा प्रधानमन्त्रीले कांग्रेस नै एकमत नभएर हो कि भनेर प्रतिप्रश्न गर्नुभयो,’ स्रोतले भन्यो, ‘गृहमन्त्री लेखकले होइन, हामी एकमत छौं भन्नुभयो त्यसपछि प्रधानमन्त्री ओलीले आगामी मन्त्रिपरिषद्को बैठकबाट गभर्नर नियुक्ति हुन्छ भन्नुभयो

कांग्रेस सभापति देउवा परराष्ट्रमन्त्री राणाबीचमै फरक मत रहेको सन्देशका आधारमा प्रधानमन्त्री थप स्पष्ट हुन खोजेको बालुवाटार स्रोतको भनाइ

शनिबारको बैठकमा परराष्ट्रमन्त्री राणा पनि हुनुहुन्थ्यो, कांग्रेस एकमत भने आफ्नो कुनै अडान छैन भनेर प्रधानमन्त्रीले प्रस्ट पारिसक्नु भएको ,’ बालुवाटारका एक अधिकारीले भने

तर, सोमबारसम्म पनि समितिको निर्णायक बैठक बसेको छैन बरु दुई शीर्ष नेताबीच यही विषयमा सोमबार छलफल भएको बैठकमा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल गृहमन्त्री लेखक पनि सहभागी थिए बैठकमा आगामी आर्थिक वर्षको बजेटसँगै गभर्नर नियुक्ति सम्बन्धमा फेरि छलफल भएको थियो प्रधानमन्त्री ओलीले बिहीबारसम्म गभर्नर नियुक्ति गरिसक्ने संकेत दिएको स्रोतको भनाइ विज्ञहरू रहेको समितिले गर्नुपर्ने काममा सहमतिका नाममा नेताहरूले अवरोध गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको यसको असर वित्तीय क्षेत्रमा मात्र नभई समग्र अर्थतन्त्रमै परेको पूर्वअर्थमन्त्री वर्षमान पुनले बताएराष्ट्र बैंक कामुले चलाएको एक महिनाभन्दा बढी भइसक्यो अर्थतन्त्रका लागि यो संवेदनशील समय हो,’ उनले भने, ‘मौद्रिक नीति बनाउनुपर्ने, वित्तीय क्षेत्रहरूको नियमन गर्नुपर्ने संस्था नेतृत्वविहीन बन्नु राम्रो होइन

बजेट बनाउँदा गभर्नरको सहयोग लिइन्छ मौद्रिक नीति बनाउँदा अर्थ मन्त्रालयको दिशा निर्देशन परामर्श लिइन्छ यस्तो संवेदनशील समयमा गभर्नर खाली राख्नु सरकारको गैरजिम्मेवारीपना रहेको उनको भनाइ वित्तीय क्षेत्रको स्थायित्व तथा मौद्रिक नीतिको निर्माण कार्यान्वयनमा गभर्नरको भूमिका धेरै हुने कुरा थाहा हुँदाहुँदै पनि त्यसलाई बेवास्ता गरेर सरकारले नियुक्तिमा ढिलाइ गरेको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएबजेट आउन लागिसक्यो, लगत्तै मौद्रिक नीति आउँछ यस्तो अवस्थामा गभर्नर नहुँदा समस्या पर्छ,’ उनले भने

विभिन्न बहानामा सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गरेकामा वित्तीय क्षेत्रका जानकार असन्तुष्ट छन् सरकार संवेदनशील नहुँदा यस्तो अवस्था आएको उनीहरूको भनाइ अर्थ मन्त्रालय मातहतको एउटा संस्था भनेर राष्ट्र बैंक गभर्नरको पद सरकारले निकै सामान्य ठानेको एक पूर्वगभर्नरको भनाइ अर्थतन्त्रमा गभर्नरको भूमिका निकै महत्त्वपूर्ण हुन्छ, यो पद एक दिन पनि खाली राख्नुहुँदैन तर सरकारले ऐनको धज्जी उडाएको ,’ ती पूर्वगभर्नरले भने

नेपालमा नियामक निकायमध्ये राष्ट्र बैंक तुलनात्मक रूपमा बलियो मानिन्छ गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरिरहेकाले यहाँ कतै चलखेल हुने होइन भन्ने आशंका रहेको जानकार बताउँछन् सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्थाएफएटीएफ कोग्रेलिस्ट बाट नेपाललाई बाहिर निकाल्न सबैभन्दा महत्त्वपूर्ण भूमिका गभर्नरको हुन्छ तर सरकार गभर्नर कसको भागमा पार्ने भनेरै रस्साकसीमा लाग्नु मुलुकका लागि दुर्भाग्य भएको उनीहरूको भनाइ

सम्बन्धित समाचार