२०८३ बैशाख १९ गते , शनिबार

शान्ति सुरक्षा मजबुत बनाउन लागि पर्छु : डीएसपी श्रेष्ठ

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २२ गते , सोमबार
शान्ति सुरक्षा मजबुत बनाउन लागि पर्छु : डीएसपी श्रेष्ठ

बिर्तामोड इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले शान्ति सुरक्षा मजबुत बनाउन आफु लागिपर्ने बताएका छन् सोमबार कार्यालयमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा प्रहरीले गर्नुपर्ने कार्यमा कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाएका हुन्

वैशाख १८ गतेदेखि इलाका प्रहरी प्रमुखको रुपमा आएका श्रेष्ठले सञ्चारकर्मीहरुको जिज्ञासा सुझावलाई सम्बोधन गर्ने क्रममा इलाका प्रहरी प्रमुखले खेल्नुपर्ने भुमिकालाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका हुन् उनले बिर्तामोड क्षेत्रमा हुने लागूऔषधको कारोबार तथा सेवन, यौनजन्य गतिविधी, चोरी, लुटपाटजस्ता घटनाहरुको न्यूनीकरण गर्न सम्बद्ध सबै पक्षसँग समन्वय गरेर अगाडी बढ्ने बताए आफ्ना मातहतका प्रहरी कर्मचारीहरुलाई हेडक्वाटरको निर्देशनअनुसार मुस्कानसहितको सेवा प्रदान गर्न निर्देशन दिनेसमेत बताए

उनले यहाँको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रहरी एक्लैले सम्भव नहुने भन्दै सहयोगका लागि सबैलाई आग्रहसमेत गरेका छन्   

सम्बन्धित समाचार