२०८२ असार २ गते , सोमबार

७३ बर्षीया खनालले लेखिन् कक्षा १२ को परीक्षा

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २१ गते , आईतबार
७३ बर्षीया खनालले लेखिन् कक्षा १२ को परीक्षा

काठमाण्डौ आजबाट शुरु भएको माध्यामिक विद्यालय तहको कक्षा १२ को बार्षिक परीक्षामा ७३ बर्षीया वृद्धा सहभागी भएकीछन् पढाईलाई उमेरले छेक्दैन भन्ने भनाईलाई सार्थकता दिँदै सूर्यवती खनाल परीक्षामा सहभागी भएकी हुन्

काठमाण्डौ तारकेश्वर नगरपालिका१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट उनले परीक्षा दिएकी हुन् उनी तारकेश्वर११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन्

प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन गते उल्लेख चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका पढ्न रहर भएपछि विद्यालय भर्ना भई नियमित पढाइ अगाडि बढाएकी हुन् उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यामिक विद्यालयबाट उर्तीण गरेकी थिइन् उनका श्रीमान विद्यालयका शिक्षक हुन्

सम्बन्धित समाचार