प्रहरी उपरीक्षक केसीद्वारा धन्यवाद ज्ञापन
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाबाट विदाई भएका प्रहरी उपरीक्षक मिलन केसीले जिल्लाबासीलाई धन्यवाद ज्ञापन गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा जिम्मेवारी बहन गर्न सहयोग गरेको भन्दै उनले धन्यवाद दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , 'झापा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीबाट आज करिव १५ महिनाको बसाई पश्चात नयाँ जिम्मेवारीमा जाँदै गर्दा जिल्लाबासी आम नागरिक, जनप्रतिनिधि, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, व्यवसायी, समाजसेवी, बुद्दिजीवी, सरकारी तथा गैह्रसरकारी संघ संस्थाका पदाधिकारी, संचारकर्मी, सिनियर अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु लगायत सम्पूर्ण प्रति म कृतज्ञता ब्यक्त गर्दछु ।
तपाईहरु सबैको साथ र सहयोगले मलाई सधै कर्मक्षेत्रमा सकारात्मक कार्य सम्पादन गर्न प्रोत्साहित गर्यो, कठिन समयहरुको सामना गर्न हिम्मत प्राप्त भयो र सदैव काममा अडिग रहन प्रेरित गर्यो ।
यहाँहरुले देखाउनु भएको स्नेह, विश्वास तथा सम्मान सधै मेरो मन मस्तिष्क तथा हृदयमा रहीरहने छ ।
तपाईहरुले गर्नु भएको सहयोग र सद्भावका लागि धन्यवाद !'
केसीको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरुवा भएको छ । उनी आजै काठमाण्डौ प्रस्थान गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रूपमा सरुवा भएर आएका प्रहरी उपरीक्षक राजन लिम्बुले आजैबाट कार्यभार सम्हालेका छन्।