२०८३ बैशाख १९ गते , शनिबार

भारतको किट विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु पछि पिकेमा प्रदर्शन

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १९ गते , शुक्रबार
भारतको किट विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु पछि पिकेमा प्रदर्शन

झापा पद्मकन्या कलेजपिके)का विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्

स्ववियुका नेतृत्वमा विद्यार्थीहरुले आज बिहान प्रदर्शन गरेका हुन् प्रदर्शनमा सहभागीहरुले कालो मास्क लगाएका थिए उनीहरुलेविद्यार्थी छोरीको न्याय सुनिश्चित गर, ‘वी वान्ट जस्टिस लगायत नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए

स्ववियु सभापति भूपी ऐरले घटनामा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदर्शन गरेको बताइन्

पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन्

यस अघि सोहि कलेजमा अध्ययनरत नेपाली छात्रा २० बर्षीया प्रकृति लम्सालपनि होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्

सम्बन्धित समाचार