२०८३ बैशाख १९ गते , शनिबार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १७ गते , बुधबार
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड । मेचीनगर ट्रकको ठक्करबाट मोटरसाइकल चालको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा परी अर्जुनधारा १० का ६८ वर्षीय टंकप्रसाद बरालको मृत्यु भएको हो ।
बुधबार साँझ ५:३० बजे मेचीनगर नगरपालिका वडा नम्वर-१३ प्रगति सामुदायिक वन स्थित पुर्व पश्चिम राजमार्गमा बिर्तामोडबाट चारआली तर्फ जादै गरेको ना ३ ख २३५३ को ट्रकले सोहि दिशा तर्फ जादै गरेको मे ८ प ६४९८ नम्बरको मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाइकल चालक बराल गम्भीर घाइते भएका थिए ।  उनलाई उपचारको लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल लगिएकोमा साझ ६:२० बजे  अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक र चालक जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नम्वर-११ बस्ने अन्दाजि बर्ष ३८ को ठालुप्रसाद एक्तेन (लिम्बु) इलाका प्रहरी कार्यालय  धुलाबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार