२०८३ बैशाख १९ गते , शनिबार

सशस्त्र प्रहरी गणमा योग शिविर

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १५ गते , सोमबार
सशस्त्र प्रहरी गणमा योग शिविर

बिर्तामोड सशस्त्र प्रहरी बल नेपाल नं. गण हेडक्वाटर झापामा योग शिविर शुरु भएको शारिरिक तथा मानसिक स्वास्थ्यको लागि योग शिविरआजबाट शुरु गरिएको हो

शिविर तीन दिनसम्म सञ्चालन हुनेछ शिविरमा जिवन बिज्ञान प्रतिष्ठानका प्रदेश सल्लाकार लक्ष्मण न्यौपानेलगायतको टोलीले प्रशिक्षण दिइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. गण हेक्वा झापाका सूचना अधिकारी डीएसपी सुमन पोख्रेलले जानकारी दिए

शिविरमा भद्रपुर नपा वडा नं. का वडाध्यक्ष मनोज सुब्बा, वडा नं. का वडाध्यक्ष बन्धु कार्की, कोशी प्रदेश उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, उद्योग तथा व्यवसायिहरु तोया गड्तौला, नितेश वर्मा, क्षितिज खवासलगायत सशस्त्र प्रहरीका कर्मचारीसहित ७५ जनाको सहभागिता रहेको सुचना अधिकारी पोख्रेलले बताए शिविर १७ गते समापन हुने बताइएको

भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आथित्यतामा शुरु गरिएको शिविरमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, सप्र बल नेपाल नं. गण हेक्वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक कुलचन्द्र नेपाललगायतको उपस्थिती रहेको थियो

सम्बन्धित समाचार