२०८३ बैशाख १९ गते , शनिबार

झापाका प्रहरी प्रमुख फेरिए

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १५ गते , सोमबार
झापाका प्रहरी प्रमुख फेरिए

बिर्तामोड नेपाल प्रहरी प्रधान कार्यालयले एकैसाथ ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको सोमबार उनीहरुको सरुवा गरिएको हो

जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखमा राजन लिम्बु आउने भएका छन् लिम्बु जिल्ला प्रहरी कार्यालय चितवनबाट झापा आउन लागेका हुन् झापामा कार्यरत एसपी मिलन केसीको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरुवा भएको  

त्यस्तै अनन्तराम शर्माको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा गरिएको अनुपम श्रेष्ठको  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा गरिएको अमरेन्द्र बहादुर सिंहको मधेश प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा जनकपुर,धनुषामा सरुवा गरिएको

खड्क बहादुर खत्रीको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा गरिएको भने ठाकुर प्रसाद पोखरेलको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा सरुवा गरिएको

दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सरुवा गरिएको त्यस्तै नारायण प्रसाद अधिकारीको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सरुवा गरिएको

सम्बन्धित समाचार