२०८३ बैशाख १९ गते , शनिबार

काँकडभिट्टा आउँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १४ गते , आईतबार
काँकडभिट्टा आउँदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

झापा । उदयपुरको गाइघाटबाट सप्तरीको फत्तेपुर हुँदै काँकडभिट्टा आउँदै गरेको यात्रुवाहक बस सप्तरीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
प्र १–०१–००१ ख ३४२० नम्बरको बस आइतबार दिउँसो कञ्चनरुप नगरपालिका–१० बदगमामा दुर्घटना भएको हो। मृत्यु हुनेमा सप्तरीको कोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्न बहादुर मगराती सहित ३ जना छन् । मृतक दुई जनाको पहिचान नखुलेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । 
दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । बसमा ३५ जना सवार थिए । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली घटनास्थलमा छ।
बस चालक झापाको मेचीनगर नगरपालिका–७ घर भएका ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार