२०८३ बैशाख १९ गते , शनिबार
ट्रष्ट टीमको उद्घोषण तालिम सम्पन्न
बिर्तामोड । झापाको बिर्तामोडमा सार्वजनिक उद्घोषण तालिम सम्पन्न भएको छ । ट्रष्ट टीम नेपालको आयोजनामा दुई दिने तालिम शनिबार सम्पन्न भएको हो ।
संस्थाका सदस्यहरुको क्षमता विकास गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको संस्थाका तालिम तथा क्षमता विभाग प्रमुख शिला भट्टराई बरालले जानकारी दिइन् । ट्रष्ट टिमले तलिकानै बनाएर सदस्यहरुलाई विभिन्न तालिम दिने योजना बनाएको उपाध्यक्ष पवित्रा बिमली प्रसाईंले जानकारी दिइन् ।.jpg)
सागर शिवाकोटी र संस्थाका अध्यक्ष खिवराज दाहालले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन महासचिव सागर रिजालले गरेका थिए ।
तालिमकै बिच संस्थाकी सदस्य शर्मिला घिमिरेको जन्मोत्सव मनाइएको थियो । भद्रपुर रोडस्थित साई पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा ३५ जनाको सहभागिता रहेको अर्का उपाध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् ।