२०८२ जेष्ठ ३२ गते , शनिबार

जेठी सासुको हत्या गर्ने ज्वाइँ पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १३ गते , शनिबार
जेठी सासुको हत्या गर्ने ज्वाइँ पक्राउ

बिर्तामोड । इलामको माई नगरपालिकामा जेठी सासुको हत्या गर्ने ज्वाइँ पक्राउ परेका छन् । माई नगरपालिका-४ सिंजालीटारका ५२ बर्षीया भुमिका चापागाँईको हत्या अभियोगमा ४२ बर्षीय शान्तिराम दुलाललाई प्रहरीले पक्राउ गएको हो ।
दुलाल चापागाईको बहिनी ज्वाइँ हुन ।
शुक्रबारसाँझ सामान्य बिवादमा दुलालले चापागाँईलाई खुकुरीले टाउकोमा प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते चापागाईको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको जिप्रका इलामका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिए । 

सम्बन्धित समाचार