२०८३ बैशाख १९ गते , शनिबार

शिक्षक बोकेको बस शिवसताक्षीमा दुर्घटना, २३ जना घाइते

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १३ गते , शनिबार
शिक्षक बोकेको बस शिवसताक्षीमा दुर्घटना, २३ जना घाइते

बिर्तामोड । काठमाण्डौबाट काकरभिट्टा आउँदै गरेको रात्री बस दुर्घटना भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएका छन् ।
सयपत्री यातायातको प्र १-०१-००१ ख ४२३५ नम्बरको बस शिवसताक्षीस्थित दुधे माइधार सडक खण्डको मिलन चोकमा आज बिहान ४:४० बजे दुर्घटना भएको हो । मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनीहरूको बिर्तामोडस्थित बिएण्डसी, बिर्तासिटीलगायतमा उपचार भई रहेको बताइएको छ । दुर्घटनाका कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार