२०८३ बैशाख १९ गते , शनिबार

मेघाबारीदक्षिण जाने बाटो शिलन्यास

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १२ गते , शुक्रबार
मेघाबारीदक्षिण जाने बाटो शिलन्यास

बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर स्थित मेघाबारी चोकदेखि दक्षिण जाने बाटो स्तरोन्नतिको लागि शिलान्यास गरिएको आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईलेसडकको शिलान्यास गरेकीहुन्

१८५ मिटर सडकको दुवै तर्फ नाला १३० मिटर सडकमा प्लमसहित पेभर्स लगाउने गरी पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्स्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का पाएको हो २०८२ साल बैशाख गते ठेक्का सम्झौता गरेको कम्पनीले आगामी असार २० गते सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको ठेकेदार कम्पनीका प्रोपाइटर दिनेश भट्टराईले जानकारी दिए

सडक निर्माणसंगै विजुलीको पोलको व्यवस्थापनसमेत गरिने सघन शहरी तथा भवन निर्माण कार्यालय झापाका ईन्जिनियर सुरेश चौधरीले जानकारी दिए

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले धेरै पटकको प्रयासपछि शिर्षक संसोधन गरेर भएपनि यो सडक निर्माण गर्न लागिएको बताइन् उनले समयमा नै काम सम्पन्न गर्नका लागि जनप्रतिनिधि स्थानीयले सहजीकरण गर्न आग्रह गरिन् औद्योगिक व्यवसायीक नगरकोरुपमा रहेको बिर्तामोडमा ठेक्का लागेका, सम्झौता भएका योजनाहरुको धमाधम काम भईरहेको नगर प्रमुख प्रसाईले जानकारी दिइन्

वडा नम्बर का वडाअध्यक्ष राहुल शर्माको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रसाई, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, नेपाली कांग्रेस बिर्तामोड नगर उपसभापति तथा वडा नम्बर का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, कार्यपालिका सदस्य सिता ढुंगाना विक, एमाले नेता रोमणि भट्टराई, छवि गहतराज लगायत टोलविकास समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो

 

सम्बन्धित समाचार