२०८३ बैशाख १९ गते , शनिबार
सर्वसाधारणलाई कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
काठमाण्डौ । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।
उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।
कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।