२०८२ जेष्ठ ३२ गते , शनिबार

भारतमा मारिएका सुदिप न्यौपानेको लाइसेन्स भेटियो

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १० गते , बुधबार
भारतमा मारिएका सुदिप न्यौपानेको लाइसेन्स भेटियो

बिर्तामोड भारतको जम्मूकाश्मिरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) भेटिएको

मंगलबार एक आतंकवादी समूहले पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या गरेको थियो। जसमध्ये एक जना नेपाली नागरिक रहेको पुष्टि भएको हो

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जिब शर्माका अनुसार हमलामा मृत्यु भएका नेपाली बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का सुदीप न्यौपाने हुन्

घटनास्थलमा उनको सवारी लाइसेन्स भेटिएको उक्त लाइसेन्स भेटिएसँगै उनको पहिचान खुलेको हो

यसबारेमा रूपन्देही जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय रूपन्देहीले थप प्रक्रिया अघि बढाएको

उनको गोली हानेर हत्या गरेको भनिएको उनी शनिबार आमा, दिदी भिनाजुसँगै जम्मूकाश्मिर घुम्न गएका थिए

मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्ने भएकाले उद्धार काम कठिन भएको अधिकारीहरूले बताएका छन्

रेसिस्टेन्ट फ्रन्ट नामक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको

यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरूले बताएका छन्

यो घटनापछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किसकेका छन्

सम्बन्धित समाचार