भारतको पर्यटकीय क्षेत्रमा आतंकवादी हमला, नेपालीसहित २८ को हत्या

बिर्तामोड । भारत नियन्त्रित कश्मिरमा आतंकवादी हमलामा परि २८ जनाको मृत्यु भएको छ । मंगलबार भएको उक्त घटनामा नेपाली, युएई, भारतलगायतका पर्यटकको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।
घटनाको द रेसिस्टेन्स फ्रन्ट नामक समूहले जिम्मा लिएको छ । दैनिक सयौँ पर्यटक पुग्ने र सुरक्षा निकायको बाक्लो उपस्थिती हुने सो स्थानमा भएको हमलामा हिन्दुहरुलाई छानी छानी हत्या गरिएको बताइएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाए अनुसार आतंककारीले उनीहरुलाई नाम सोध्नुका साथै इस्लामिक बोल्न लगाइएको र नबोल्नेलाई हत्या गरिएको थियो ।
सन २००० को मार्चमा पनि अमेरिकी राष्ट्रपति विल क्लिन्टनको भारत भ्रमणको अघिल्लो दिन ३६ जना शिख समुदायका मानिसहरुको हत्या भएको थियो । अहिलेपनि अमेरिकी उपराष्ट्रपति जेडी भान्स सोमबारदेखि चारदिने भारत भ्रमणमा रहेको समयमा उक्त हमला भएको छ ।
मृत्यु हुनेहरुको नाम सार्वजनिक गरिएको छैन । आतंकवादी आक्रमणमा परि अन्य २० जना घाइते भएको जनाइएको छ ।