विवाहमा श्रीमानले दिए श्रीमतीलाई बीमा पोलिसी उपहार
बिर्तामोड । विवाहको अवसरमा श्रीमानले श्रीमतीलाई बीमा पोलिसी उपहार दिएका छन् । मङ्गलबार बैबाहिक बन्धनको अवसरमा भीमप्रसाद खनालले श्रीमती कोपिला खतिवडालाई बीमा पोलिसी उपहार दिएका हुन् ।
खनालले श्रीमती कोपिलालाई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको समृद्ध सावधिक जीवन बीमा योजनाअन्तर्गत पाँच लाखको पोलिसी दिएका हुन् ।
लामो समयदेखि बीमा पेसामा आबद्ध खनाल प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखा कार्यालयमा मार्केटिङ म्यानेजर को रूपमा कार्यरत छन ।
पछिल्लो समय वैवाहिक जीवनको अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढेकोले यही अवसरलाई सदुपयोग गरेर सुरक्षा र बचत गर्न सकिने धारणाका साथ बीमा पोलिसी उपहार दिएको खनालले बताए ।
नगद र जिन्सी सामान दिनु भन्दा जीवन विमालेख उपहार दिँदा जिन्दगी भर उपयोगमा आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने उनले बताए ।