२०८३ बैशाख १९ गते , शनिबार
ट्याङ्करको ठक्करबाट साइकल यात्रीको मृत्यु
बिर्तामोड । झापाको कन्काई नगरपालिकामा ट्यांकरको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । अर्जुनधारा-५ निवासी लेखनाथ सापकोटाको मृत्यु भएको हो ।
आज बिहान अन्दाजी ७ :१५ बजे कनकाई-८ घाग्रा पुलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख २९९७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले साइकल यात्री अन्दाजी ५५-६० वर्षको सापकोटालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सापकोटाको घटनास्थल मै मृत्यु भएको थियो ।
उनको शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
ठक्कर दिने ट्यांकर र चालक कमल १ बस्ने ४६ वर्षीय भीमबहादुर कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।