२०८३ बैशाख १९ गते , शनिबार

झापा कारागारका कैदी इलामका विश्वकर्माको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ८ गते , सोमबार
झापा कारागारका कैदी इलामका विश्वकर्माको मृत्यु

बिर्तामोड । कारागार कार्यालय झापाका एक कैदीको मृत्यु भएको छ । इलाम माङ्सेबुङ गाउँपालिका ४ घर भई झापा कारागारमा कैद भुक्तान गरिरहेका धनबहादुर बिश्वकर्माको आज मृत्यु भएको हो ।
सोमबार दिउँसो अन्दाजी ४:२५ बजे अचानक श्वास बढेर कारागारमा ढलेका ५९ वर्षीय विश्वकर्मालाई प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
केही समय अघिदेखि अस्वस्थ रहेका विश्वकर्माको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार गरिएको र त्यहाँबाट थप उपचारका निमित्त ओमसाई पाथिभरा अस्पताल रेफर गरिएको कारागार प्रमुख रेवन्त भट्टराईले जानकारी दिए । ओमसाई पाथिभरा अस्पतालमा गरिएको जाँचमा उनको किड्नी लगायत अन्य अङ्गहरूमा समस्या रहेको र घाँटीमा क्यान्सरको शङ्का गरिएकाले उनलाई थप उपचारका निमित्त भरतपुर अस्पताल पठाउने तयारी गर्दागर्दै अचानक बेहोश भएर ढलेको भट्टराईले बताए ।
विश्वकर्मा २०८० माघ ८ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय भई कैद भुक्तान गरिरहेको भट्टराईले जानकारी दिए ।
उनको परिवारलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार