झापामा मेलमिलाप परिषदको अन्तरक्रिया कार्यक्रम सम्पन्न
बिर्तामोड । झापामा मेलमिलापको आवश्यकता र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मेलमिलाप परिषदको आयोजनामा एक दिवसीय कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
'हाम्रो समस्या, हाम्रो समाधान' मेलमिलापको रणनीति भएको र मेलमिलाप प्रकृयालाई अवलम्बन गरेमा सबैको जीत हुने कार्यक्रमका अध्यक्ष मेलमिलाप परिषदका अध्यक्ष तथा सर्बोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक विश्वनाथ बराल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाई, जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेश प्रसाद लुईटेल, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतले मन्तब्य राखेका थिए ।
सहभागीहरूको तर्फबाट बरिष्ठ अधिवक्ता तथा मेलमिलापकर्ता टंकप्रसाद उप्रेतीले भौतिक पूर्वाधार सम्पन्न मेलमिलाप केन्द्र र दक्ष मेलमिलापकर्ता उत्पादन गर्न आबश्यक रहेको धारणा राखेका थिए ।अदालतमा मेलमिलापको रणनीतिलाई सफल बनाउन मेलमिलापकर्ताहरूले आचरणको पालना गर्नुपर्ने, मेलमिलापकर्ताहरूलाई पर्याप्त परिवहन खर्च उपलब्ध गराउन र मेलमिलापकर्ताको लागी उपर्युक्त पोशाक लागू गर्न कार्यविधि निर्माण गर्नुपर्ने बार ईकाई झापाका सहसचिव तथा झापा बार महिला समिति संयोजक सानु कार्की बस्नेत 'सिता' ले माग गरिन् ।
बार एकाई झापाको सभाहलमा आयोजित उक्त कार्यक्रमको संचालन मेलमिलाप परिषदका शाखा अधिकृत रमेश आचार्यले गरेका थिए भने स्वागत मेलमिलाप परिषदका सचिवालय प्रमुख अर्जुन कोईरालाले गरेका थिए । कार्यक्रममा झापा जिल्ला अदालतमा सूचीकृत ३५ जना मेलमिलापकर्ता तथा झापा जिल्लाका पालिकाका न्यायिक समितिका संयोजक र सदस्य समेत गरी जम्मा ७० जनाको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा भद्रपुरका उपप्रमुख राधा कार्की, मेलमिलाप परिषदका सचिवालय प्रमुख अर्जुन कोईराला, झापा जिल्ला अदालतका न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नबीनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, ॠतबहादुर पुलामी मगर, झापा बार एकाईका अध्यक्ष र अन्य पदाधिकारी, झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिह, जिल्ला प्रहरी कार्यालयका प्रमुख मिलन केसी, झापा बारका बरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूको उपस्थिति रहेको थियो ।