२०८३ बैशाख १९ गते , शनिबार

यात्रुमाथि कुटपिट गर्ने बसका सहचालक प्रहरी नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ५ गते , शुक्रबार
यात्रुमाथि कुटपिट गर्ने बसका सहचालक प्रहरी नियन्त्रणमा

बिर्तामोड । भाडाको विषयलाई लिएर यात्रुमाथि कुटपिट गर्ने बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड १ स्थित रामचोकमा यात्रुलाई कुटपिट गर्ने दमक नगरपालिका १० बस्ने २८ वर्षीय मन तामाङ र कमल गाउँपालिका १ बस्ने २२ वर्षीय राकेश शाहलाई  नियन्त्रणमा लिएको हो ।
काँकडभिटाबाट दमकतर्फ जाँदै गरेको प्र १-०१-००१ प ४०३७ नम्बरको न्यू नागरिक यातायात बसमा यात्रा गरिरहेका बिर्तामोड १ निवासी २७ वर्षीय काशी भट्टराईलाई उनीहरुले कुटपिट गरेका थिए । कुटपिटका कारण भट्टराई रक्ताम्य भएका थिए । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यात्रुलाई कुटपिट गरेको घटना बाहिरिएपछि बसका सहचालकलाई स्थानीयले कुटपिट गर्न खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।





सम्बन्धित समाचार