२०८३ बैशाख १९ गते , शनिबार

कचनकवलका लागूऔषध कारोबारी मियाँ पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ५ गते , शुक्रबार
कचनकवलका लागूऔषध कारोबारी मियाँ पक्राउ

बिर्तामोड । झापाको कचनकवल गाउँपालिका-५ निवासी कासिम मियाँ लागूऔषधसहित पक्राउ परेका छन् । मियाँ शुक्रबार ४४ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित बनियानीबाट पक्राउ परेका हुन् ।
शुक्रबार बिहान १०:४५ बजे दक्षिणबाट उत्तरतर्फ बीआर३७एई ६४५१ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका मियाँलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
पक्राउ परेका मियाँलाई जिप्रका झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 








सम्बन्धित समाचार