२०८३ बैशाख १९ गते , शनिबार

इटहरीबाट छुटेको बस मकवानपुरमा दुर्घटना

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ४ गते , विहीबार
इटहरीबाट छुटेको बस मकवानपुरमा दुर्घटना

झापा पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको

घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए

बस चालक बाराको कोल्बी नगरपालिका११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार