२०८३ बैशाख १९ गते , शनिबार

झापा प्रहरीले पक्रियो ५१ फरार प्रतिवादी

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ३ गते , बुधबार
झापा प्रहरीले पक्रियो ५१ फरार प्रतिवादी

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बिभिन्न मुद्दा शिर्षकका ती फरार प्रतिवादीहरूलाई प्रहरीले चैत्र महिनामा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरुलाई पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 
कैद असुल बाँकी रहेका प्रतिवादीहरुलाई अदालतको आदेशले कैद भुक्तानको लागी श्री कारागार कार्यालय झापा पठाइएको र जरिवाना असुल मात्र वाँकी रहेका प्रतिवादीहरुलाई जरिवाना दाखिला गराई छाडिएको खड्काले बताए । पक्राउ परेका प्रतिवादीहरुबाट २७ वर्ष ९ महिना ७ दिन कैद तथा ५० लाख ४३ हजार चार सय दश रुपैया जरिवाना असुल उपर भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार