२०८३ बैशाख १९ गते , शनिबार

सुखानीमा फेला परेको नयाँ प्रजातिको चराको  ‘बैजनी कोइली’ नामाकरण

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ३ गते , बुधबार
सुखानीमा फेला परेको नयाँ प्रजातिको चराको  ‘बैजनी कोइली’ नामाकरण

बिर्तामोड इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको यससँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगेको

नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार नेपालका चराविद राजेन्द्र गुरुङले पहिलोपटक चैत १२ गते बिहान ११ः२० बजे सो भाले चरा देखेका थिए उनीसँगै रहेका दुई जना मलेसियन नागरिक नेपाली चराविद अनिस तिम्सिनाले पनि चरा अवलोकन गरेका थिए

उनीहरुले करिब २० मिटरको दुरीबाट सो चराको फोटो भिडियो खिचेर २८ चैतमा थप पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीको कार्यालय काठमाडौंमा पठाएका थिए

प्राप्त विवरणहरुको अध्ययन राष्ट्रियअन्तर्राष्ट्रिय पन्छीविदहरुसँगको रायसुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा। तुलसी सुवेदीले बताए

सो चराको अंग्रेजी नाम violet cuckoo  नेपाली नामबैजनी कोइली राखिएको

नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार यो चरा भुटान, फिलिपिन्स, सिंगापुर, बंगलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, आलोस, मलेसिया, म्यानमार, थाइल्याण्ड भियतनाममा आवासीय रुपमा पाइन्छ यसले भुटान, फिलिपिन्स सिंगापुरमा प्रजनन गर्छ विश्वमा यस चराका दुई उपप्रजाति अभिलेख भएका छन्

 

सम्बन्धित समाचार