२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकलको ठक्करबाट घाइते दर्जीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २ गते , मंगलबार
मोटरसाइकलको ठक्करबाट घाइते दर्जीको मृत्यु

बिर्तामोड । वैशाख १ गते साँझ अन्दाजी ६:५७ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बुद्द चौकमा भएको सवारी दुर्घटनाका घाइते एक व्यक्तिको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ६० को पुष्प दास दर्जीको उपचारको क्रममा मृत्यु भएको हो ।
बुद्द चौक स्थित पुर्व पश्चिम राजमार्गमा डुडाँमारी चौकबाट झिलझिले तर्फ आउदै गरेको प्र १-०१-०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री दर्जीलाई ठक्कर दिँदा गम्भीर घाइते भइ तत्काल  उपचार गर्न लालिगुराँस हेल्थ केयर सेन्टर झिलझिले पठाइएकोमा थप उपचारको लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा आज मृत्यु भएको जिना प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मोटरसाइकल चालक  शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३० को दुरेन सेर्मा लिम्बु इलाका प्रहरी कार्यालय झिलझिलेको  नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार