२०८३ बैशाख १९ गते , शनिबार

नयाँ वर्षमा ३ हजारले गरे पाथिभरा दर्शन

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २ गते , मंगलबार
नयाँ वर्षमा ३ हजारले गरे पाथिभरा दर्शन

बिर्तामोड । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरामा नयाँ बर्षको दिन ३ हजार जनाले दर्शन गरेका छन् ।
पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्राजिन हाङबाङका अनुसार २०८२ सालको नयाँ वर्षको दिन तीन हजार एक जना भक्तजनले मन्दिरको दर्शन गरेका हुन ।
कार्तिक-मंसिर र चैत्र-वैशाख दर्शन गर्ने सिजन भए पनि बाह्रै महिना भक्तजन मन्दिर पुग्ने गरेको कार्यकारी निर्देशक हाङबाङले बताए । गएको वर्ष २ लाख २१ हजार ६०२ जनाले मन्दिर दर्शन गरेको र ३ करोड ५ लाख ५६ हजार १२रुपैयाँ भेटी सङ्कलन भएको समितिले जनाएको छ । 
पाथिभरामा नेपाल तथा भारतका भक्तजन आउने गरेका छन् । 

सम्बन्धित समाचार