२०८३ बैशाख १९ गते , शनिबार

२०८१ मा पाथिभरा दर्शन : २ लाख २१ हजार दर्शनार्थी, ३ करोड बढी भेटी सङ्कलन

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १ गते , सोमबार
२०८१ मा पाथिभरा दर्शन : २ लाख २१ हजार दर्शनार्थी, ३ करोड बढी भेटी सङ्कलन

बिर्तामोड । ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा दुई लाख २१ हजार ६०२ जना भक्तजनले दर्शन गरेका छन् । गत एक वर्षको अवधिमा सो संख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन । 
सबैभन्दा बढी कार्तिक महिनामा ६१ हजार १७३ जनाले मन्दिर दर्शन गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक पाजिन हाङबाङका अनुसार वैशाखमा ५१ हजार ८०४ जना र चैत्रमा ४० हजार ४३५ जनाले मन्दिरको दर्शन गरेका छन् । मंसिर महिनामा २१ हजार १८० जनाले दर्शन गरेका छन् भने अन्य महिनामा १० हजार भन्दा कम दर्शनार्थी मन्दिर पुगेका छन् । सामान्यतया कार्तिक-मंसिर र चैत्र-बैशाखलाई मन्दिर दर्शनको सिजनको रुपमा लिइन्छ ।
सो एक वर्षको अवधिमा ३ करोड ५ लाख ५६ हजार १२ रुपैयाँ भेटी सङ्कलन भएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिए । सबैभन्दा बढी वैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ र सबैभन्दा कम असोजमा चार लाख ११ हजार १५१ रुपैयाँ संकलन भएको थियो । 

सम्बन्धित समाचार