२०८३ बैशाख १९ गते , शनिबार

नेपाल प्रहरीका पूर्व आइजीपी राणाको निधन

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ३१ गते , आईतबार
नेपाल प्रहरीका पूर्व आइजीपी राणाको निधन

झापा नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको

उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए

राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए त्यसक्रममा इन्स्पेक्टर दर्जामा भर्ना भएर ड्युटीमा खटिनासाथ आफ्नै छोरालाई उनले अत्यधिक द्वन्द्व प्रभावित जिल्ला रोल्पामा खटाएका थिए

राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छोरा दीपसमशेर राणाले बताए

सम्बन्धित समाचार