२०८३ बैशाख १९ गते , शनिबार
क्यान्सर विजेता नमिताले शुरु गरिन् मेची–महाकाली यात्रा
बिर्तामोड । प्राणघातक रोग क्यान्सर विजेता झापा कनकाई–४ की ४० वर्षीया नमिता बस्नेतले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म साइकल यात्रा सुरु गरेकी छन् । शनिबार विहान मेचीनगरस्थित मेची पुलबाट उनले यात्रा प्रारम्भ गरेकी हुन् ।
पाँच वर्ष लामो संघर्ष गरेर प्राणघातक रोग पराजित गरेकी नमिताले जनचेतना फैल्याउने उद्धेश्यले पूर्व–पश्चिम साइकल यात्रा शुरु गरेकी हुन् । उनलाई कनकाई नगरपालिकाले साइकल र आवश्यक सामाग्री उपलब्ध गराएको नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले बताए । गृह नगरमा नमितालाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतले राष्ट्रिय झण्डा ओढाएर यात्रा सफलताको शुभकामना दिएका थिए । उनको यात्रा २५ दिनको हुने बताइएको छ ।
उनलाई बिर्तामोड सिटी सेन्टरका व्यवसायीहरुले खदालगाएर विदा गरेका थिए ।