२०८३ बैशाख १९ गते , शनिबार

पुनः व्यवसायीक उडानमा फर्कने तयारीमा सौर्य एयर

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ३० गते , शनिबार
पुनः व्यवसायीक उडानमा फर्कने तयारीमा सौर्य एयर

बिर्तामोड साउनमा दुर्घटनामा परेपछि बन्द भएको सौर्य एयरले चाँडै पुनः व्यवसायीक उडामा फर्कने तयारी गरेको पोखराका लागि काठमाण्डौबाट उडान भरेलगत्तै साउनमा दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरको उडान बन्द गराएको थियो

आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले आठ महिनापछि शुक्रबार परीक्षण उडान गरेको कम्पनीको सीआरजे२०० ईआर विमानले काठमाण्डौको आकाशमा शुक्रबार दिउँसो ४५ मिनेट परीक्षण उडान गरेको सौर्य एयरको मार्केटिङ विभाग प्रमुख मुकेश खनालले जनाए

शुक्रबार टेस्ट फ्लाइट भयो,’ खनालले भने, ‘दुई साताभित्र नियमनकारी निकायलाई प्रतिवेदन बुझाउँछौं प्राधिकरणले सौर्यलाई लगाएको उडान प्रतिबन्ध फुकुवाका लागि प्रक्रिया सुरु हुन्छ सौर्यसँग भएका दुईमध्ये एक मात्र सीआरजे२००ईआर विमानलाई प्राधिकरणले बिहीबार परीक्षण उडानको अनुमति दिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए प्राधिकरणमाअल्फा नोभेम्बर माइक रजिस्ट्रेसन नम्बर भएको सौर्यको सीआरजेले शुक्रबार काठमाण्डौ वरिपरिको आकाशमा परीक्षण उडान गर्न अनुमति जनाएको थियो यस विमानलाई काठमाण्डौमाथिको आकाशबाहिर जान अनुमति थिएन

लामो समयसम्म बन्द वायुसेवा कम्पनी तथा वायुयानलाई पुनः सञ्चालनमा ल्याउनुअघिसर्टिफिकेट अफ एयरओर्दिनेस गर्नुपर्ने नियम सौर्यका अपरेसन विभाग प्रबन्धक विभेचन खनालले अब कम्पनी उडानका लागि सुरक्षित रहेको तथा आवश्यक सबै प्राविधिक मापदण्ड पूरा गरेको जनाउँदै प्राधिकरणमा बुधबार निवेदन बुझाएका छन्

प्राधिकरणले जारी गरेको अनुमतिअनुसार क्याप्टेन अनुप थापा अर्का प्रशिक्षक पाइलट धर्मेन्द्र सिंहले शुक्रबार परीक्षण उडान गरे हुन् उडानमा तीन जना वायुयान सम्बद्ध इन्जिनियर संलग्न थिए उनीहरूले उडानका क्रममा विमानका विभिन्न उडानसँग संलग्न प्रणाली, उपकरण, नेभिगेसनलगायतको परीक्षण गरेको कम्पनीले जनाएको

सबै प्राविधिक विषयले ठीकसँग काम गर्छन् विमान सुरक्षित रूपमा उडान गर्न सक्छ भने प्रमाणित गर्नु यस्तो उडानको उद्देश्य हो,’ सहप्रवक्ता भुलले भने यो उडानपछि पाइलट तथा इन्जिनियरले प्राधिकरणलाई प्राविधिक प्रतिवेदन नियामक निकायलाई बुझाउनुपर्छ त्यसपछि व्यावसायिक उडानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने बाटो खुल्छ

 

गत साउन मा पोखराका लागि रिपोजिसनिङ उडानका लागि उड्दै गरेको सौर्यको सीआरजे जहाज काठमाडौं विमानस्थलको उत्तरपूर्वी भागमा दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको थियो धेरैजसो विभागका प्राविधिक दुर्घटनामा परेपछि प्राधिकरणले सौर्यलाई जनशक्ति विकास नभएसम्मलाई उडानमा प्रतिबन्ध लगाएको थियो

उक्त दुर्घटनामा एक मात्र क्याप्टेनको जीवितै उद्धार गरिएको थियो हाल उनी उपचारकै क्रममा छन्

उक्त दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले जहाजमा गलत तवरले भार राखिएको, उडानको गति असामान्य भएकोलगायत कारणले दुर्घटना भएको देखाएको आयोगले विस्तृत प्रतिवेदन भने सार्वजनिक गरेको छैन तीन वटा मात्रै जहाजबाट भद्रपुर विराटनगरमा उडान गर्दै आएको सौर्यसँग अब दुई मात्रै सीआरजे विमान छन् तीमध्ये एक मात्र उडानयोग्य

दुर्घटनापछि रिक्त रहेका जनशक्ति अनि मापदण्ड पूरा गरेर परीक्षण उडान गरेका छौं यसपछिका प्रक्रिया पालना गर्दै चाँडै व्यावसायिक उडानमा फर्किने तयारी ,’ सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले भने, ‘यो विमानको परीक्षण उडानपछि अर्को सीआरजे पनि मर्मत गरेर परीक्षण उडान सम्पन्न गर्ने योजना यी दुवै सीआरजे व्यावसायिक उडानमा लागेपछि त्यसको कम्तीमा महिनापछि सौर्यले एटीआर६०० विमानबाट आन्तरिक उडान गर्ने तयारी गरिरहेको अध्यक्ष पोखरेलले बताए

 

सम्बन्धित समाचार