नारी सञ्चार गृहको कोषमा रकम जुट्ने क्रम जारी
बिर्तामोड । नारी संचार गृह झापाले स्थापना गरेको अक्षयकोषमा सहयोग जुट्ने क्रम जारी छ । बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरिएको कोषमा निरन्तर दाताहरुबाट सहयोग रकम प्राप्त भइरहेको हो ।
गृहको अक्षयकोषमा सामाजिक अभियन्ता तथा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष खगेन्द्र इङनाम र गिता राईले सयुक्त रूपमा संस्थाकी अध्यक्ष रेजिना गौतम र निबर्तमान अध्यक्ष भिमा शिवाकोटीलाई दश हजार एक सय पन्ध्र रूपैयाँ हस्तान्तरण गरेका छन् ।
त्यस्तै बैदेशिक रोजगारीको क्रममा हाल जापानमा रहेकी संस्थाकी सदस्य मनिषा चौलागाईले कोषमा दश हजार रुपैया उपलव्ध गराएकी छन् ।
संस्थाकी कोषाध्यक्ष स्वस्तिका आचार्य सिटौलाले पाँच हजार एक सय रूपैयाँ प्रदान गरेकी छन् भने कार्यसमिति सदस्य भारती राईले पाँच हजार पाँचसय रूपैयाँ कोषमा सहयोग गरेकी छन् । आफ्नो जन्म दिन, विवाहउत्सब, बैबाहिक समारोहको अवसरमा दाताहरुबाट गृहको कोषमा निरन्तर सहयोग जुटिरहेको अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।