२०८२ जेष्ठ ३२ गते , शनिबार

दुर्गा प्रसाईलाई १२ दिन थुनामा राख्न अदालतको अनुमति

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २९ गते , शुक्रबार
दुर्गा प्रसाईलाई १२ दिन थुनामा राख्न अदालतको अनुमति

झापा । राजसंस्था पुनर्स्थापनाका लागि आयोजित जनआन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि  १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएकाे छ ।
प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।
यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।
उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय समय मागेको हो ।
आसाम राज्यको बास्का जिल्लामा एक स्थानीय नेताको घरमा लुकेर बसेका प्रसाईलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरेको थियो । 

सम्बन्धित समाचार